कुटपिट गरी हत्यामा संलग्न नौ जना पक्राउ
काठमाडौँ । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई पक्राउपछि सार्वजनिक गरेको हो ।
उनीहरुले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०–१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए । घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु भएको थियो । घटनामा प्रयोग भएको खुकुरी र ढुङ्गासहित प्रहरीले पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक दिलीप घिमिरेले नौ जनाबाहेक अन्यको खोजी भइरहेको बताए । आपसी लेनदेन र कुटपिटको रिसइबीका कारण घटना घटेको प्रहरीले जनाएको छ । मृतक गुरुङसमेत विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
