पुटिनले बर्खास्त गरे युक्रेन युद्धमा रुसी सैनिकका लागि अत्यावश्यक सामग्री व्यवस्थापन गर्ने उच्च अधिकारी
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसी सैनिका लागि अत्यावश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका उपरक्षामन्त्रीलाई बर्खास्त गरेका छन् । युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पुटिनले जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरेका हुन् ।
६७ वर्षका बुल्गाकोभलाई बर्खास्त गरिएको सम्बन्धी जानकारी रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको हो। उनलाई नयाँ जिम्मेवारी दिइने बताइएको छ । बुल्गाकोभको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ नियुक्त हुनेछन्। मिखाइलले मासिपोलमा कब्जा गर्ने अभियानको नेतृत्व गरेका थिए ।
बर्खास्त भएका जनरल बुल्गाकोभले सन् २००८ देखि रुसी सैनिकको अत्यावश्यक सामग्री व्यवस्थापन सम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएका थिए । सन् २०१५ मा रुसी सैनिक सिरियामा तैनाथ हुँदा पनि आवश्यक सामग्री व्यवस्थापनको जिम्मा उनले नै पाएका थिए ।
तर पछिल्ला केही महिनादेखि मस्कोमा उनी किनारा लगाइएका थिए। युक्रेनमा रुसी सैनिकका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा नपुग्नुको दोष बुल्गाकोभमाथि लगाइँदै आएको छ ।
सामग्रीको अभावमा रुसी सैनिक कब्जामा लिएको क्षेत्रबाट पनि पछि हट्न बाध्य भएका थिए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
