Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ९
अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

काठमाडौ । अर्घाखाँचीको शितगंगा नगरपालिका–३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। उनले घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए।

घरमा उनीहरूबीच पटक–पटक झगडा हुने गरेको पाइएको प्रहरीले जनाएको छ।मनकलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको रिजालले बताए।

Top Changing Nepal

युट्युब सट्स