झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला
काठमाडौँ । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”
सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेङ्गु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लाका १५ वटै पालिकालाई ३०र३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताए । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०र१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
