अवस्था ठिक नभएका २७ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा , १२ ओटा नियन्त्रणमा
काठमाडौं । भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमो लगायतका २७ ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १२ ओटालाई नियन्त्रणमा लिएको छ । आज दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका,टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २७ ओटा सवारी साधनलाई कारवाही गरिएको र १२ ओटालाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
नियन्त्रणमा लिएका १२ ओटा सवारी साधनलाई प्रहरी बृत्त जगाती भक्तपुरमा राखिएको र आवश्यक कारवाहीको लागी यातायात व्यवस्था विभाग पठाउन लागिएको छ । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीको
कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुर क्षेत्रमा खटिएको थियो । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

