सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह
काठमाडौँ । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो। शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ।
आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा। शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजनक उपस्थिति खोजेको छ। पार्टीभित्र न्याय र समानताका लागि भन्दै सङ्घर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन्।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताइन्। उनले भनिन् हामीले लाखौँ नेता कार्यकर्ताको संघर्षबाट लोकतन्त्र ल्याएका हौँ। तर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीका सभापतिबाट गैर लोकतान्त्रिक चरित्र देखिएको छ, यसलाई सच्याइनुपर्छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
