• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १७ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १८ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १९ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • २० घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • २० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

आफ्नै स्रोतले रेलमार्ग निर्माण गर्न सकिँदैनः मन्त्री राई

जानकारी केन्द्र २०७९, आश्विन, ११

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालले आफ्नै स्रोतसाधन र खर्चमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्। मन्त्री राईले सोमबार नेपाल पूर्वाधार पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै सरकारले स्वदेशी लगानीमा ठूलो संरचनाको रेल निर्माण गर्न नसक्ने बताएका हुन्।

‘हाम्रो देशको आर्थिक अवस्था र स्रोतको आधारमा नेपाल आफैंले रेलमार्ग निर्माण गर्न सकिने अवस्था छैन,’ उनले भने– ‘कुनै विदेशी वा दातृ निकाय आएर हामी रेलमार्गको पूर्वाधार निर्माण गरेर सञ्चालन गर्छौं। अहिलेको अवस्था अनुसार भाडा लिन्छौं भनेको खण्डमा मात्रै पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न सकिने अवस्था छ।’

मन्त्री राईले नेपालमा पूर्वाधार निर्माणमा जग्गा प्राप्ति र मुआब्जामा ठूलो रकम खर्चिनुपरेकाले पनि पूर्वाधार निर्माणमा समस्या हुँदै आइरहेको बताए। ‘अहिलेकै अवस्थामा पनि पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि १२ खर्ब रूपैयाँ आवश्यक पर्छ। यही परियोजना निर्माण गर्न कम्तिमा पनि १० देखि १५ वर्ष लाग्छ। प्रत्येक वर्ष मूल्य अभिवृद्धिको समायोजन गर्दा १२ खर्बबाट बढेर २४ खर्ब पुग्न जानेछ।’

भौतिकमन्त्री राईले वार्षिक ४ खर्ब पुँजीगत बजेट विनियोजन गर्ने मुलुकले २४ खर्बको परियोजना निर्माण गर्न धेरै मुस्किल हुने दाबी गरे। ‘अहिले हाम्रो देशको पुँजीगत वार्षिक बजेट नै ४ खर्ब रूपैयाँ छ। त्यो बजेट पनि कार्यान्वयन हुँदा ३ खर्ब मात्रै खर्च हुन्छ,’ उनले भने– ‘हामीले ६ देखि १५ वर्ष लगाएर २४ खर्बको बजेट लगानी गरेर निर्माण गरेको रेलमार्ग फाइदामा जान्छ र त्यसले राम्रो प्रतिफल दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले पनि यस्तो अवस्थामा अत्यधिक खर्च गरेर रेलमार्ग निर्माण गर्नुको औचित्य र आधार पुष्टि गर्न सकिँदैन।’

मन्त्री राईले कुनै पनि व्यक्तिले कुनै व्यापार वा उद्योग खोल्दा धेरै सोचविचार पु¥याएजसरी पूर्वाधार निर्माणमा पनि धेरै होसियारी अपनाउनुपर्ने बताए। ‘कुनै पनि व्यक्तिले निजी व्यापार तथा व्यवसाय गर्दा पनि त्यसको नाफा र घाटाको सुनिश्चितता सयौं पटक हिसाब गरेर मात्रै लिेन गर्छन्,’ उनले भने– ‘बैंकबाट ऋण लिँदा पनि त्यसको रिर्टन आउँछ कि आउँदैन भन्ने कुरालाई ध्यान दिएर मात्रै लगानी गर्ने गर्छन्। कुनै पनि व्यक्तिले घाटा हुने कुरामा त लगानी गर्दैन नि’ मन्त्री राईले राज्यले कुनै पनि परियोजनामा लगानी गर्दा पर्याप्त प्रतिफल आउँछ कि आउँदैन भन्ने पक्षलाई ख्याल गरेर मात्रै लगानी गर्नुपर्ने बताए।

‘सबै आयोजनामा नाफा नै हुन्छ भन्ने त हुँदैन तर त्यसको प्रतिफल आउने र राज्यले धान्न सक्ने खालका परियोजना मात्रै अघि बढाउनुपर्ने हुन्छ।’ उनले भने– ‘अहिले पनि जयनगर–जनकपुर रेल घाटामा छ। पहिला पनि यो रेल घाटामै चलिरहेको थियो।’ मन्त्री राईले नेपालका सरकारी निकायले नेपालमा रेलमार्ग सञ्चालनमा घाटा हुने विषयमा भन्न नसक्ने बताए। ‘यो वास्तविक कुरा हामी मन्त्री वा सरकारी निकायले भन्दा सक्दैनौं तर मुलुकको वास्तविक कुरा भने यही हो’– उनले भने। मन्त्री राईले नेपालमा बर्खाको समयमा कागजको पानीजहाज चले पनि ठूला जहाज चल्न नसक्ने पनि स्पष्ट पारे।
‘नेपालमा ठूला खालका पानीजहाज चलाउन सम्भव छैन,’ उनले भने– ‘ससाना खालका बोट चलाएर आनन्द भने लिन सकिनेछ।’ पूर्वपश्चिम रेलमार्गको इनरुवा काकँडभित्ता खण्डको रेलमार्ग मुआब्जा र क्षतिपूर्तिको लागि २४ अर्ब मुआब्जा लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.