• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

आफ्नै स्रोतले रेलमार्ग निर्माण गर्न सकिँदैनः मन्त्री राई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालले आफ्नै स्रोतसाधन र खर्चमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्। मन्त्री राईले सोमबार नेपाल पूर्वाधार पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै सरकारले स्वदेशी लगानीमा ठूलो संरचनाको रेल निर्माण गर्न नसक्ने बताएका हुन्।

‘हाम्रो देशको आर्थिक अवस्था र स्रोतको आधारमा नेपाल आफैंले रेलमार्ग निर्माण गर्न सकिने अवस्था छैन,’ उनले भने– ‘कुनै विदेशी वा दातृ निकाय आएर हामी रेलमार्गको पूर्वाधार निर्माण गरेर सञ्चालन गर्छौं। अहिलेको अवस्था अनुसार भाडा लिन्छौं भनेको खण्डमा मात्रै पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न सकिने अवस्था छ।’

मन्त्री राईले नेपालमा पूर्वाधार निर्माणमा जग्गा प्राप्ति र मुआब्जामा ठूलो रकम खर्चिनुपरेकाले पनि पूर्वाधार निर्माणमा समस्या हुँदै आइरहेको बताए। ‘अहिलेकै अवस्थामा पनि पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि १२ खर्ब रूपैयाँ आवश्यक पर्छ। यही परियोजना निर्माण गर्न कम्तिमा पनि १० देखि १५ वर्ष लाग्छ। प्रत्येक वर्ष मूल्य अभिवृद्धिको समायोजन गर्दा १२ खर्बबाट बढेर २४ खर्ब पुग्न जानेछ।’

भौतिकमन्त्री राईले वार्षिक ४ खर्ब पुँजीगत बजेट विनियोजन गर्ने मुलुकले २४ खर्बको परियोजना निर्माण गर्न धेरै मुस्किल हुने दाबी गरे। ‘अहिले हाम्रो देशको पुँजीगत वार्षिक बजेट नै ४ खर्ब रूपैयाँ छ। त्यो बजेट पनि कार्यान्वयन हुँदा ३ खर्ब मात्रै खर्च हुन्छ,’ उनले भने– ‘हामीले ६ देखि १५ वर्ष लगाएर २४ खर्बको बजेट लगानी गरेर निर्माण गरेको रेलमार्ग फाइदामा जान्छ र त्यसले राम्रो प्रतिफल दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले पनि यस्तो अवस्थामा अत्यधिक खर्च गरेर रेलमार्ग निर्माण गर्नुको औचित्य र आधार पुष्टि गर्न सकिँदैन।’

मन्त्री राईले कुनै पनि व्यक्तिले कुनै व्यापार वा उद्योग खोल्दा धेरै सोचविचार पु¥याएजसरी पूर्वाधार निर्माणमा पनि धेरै होसियारी अपनाउनुपर्ने बताए। ‘कुनै पनि व्यक्तिले निजी व्यापार तथा व्यवसाय गर्दा पनि त्यसको नाफा र घाटाको सुनिश्चितता सयौं पटक हिसाब गरेर मात्रै लिेन गर्छन्,’ उनले भने– ‘बैंकबाट ऋण लिँदा पनि त्यसको रिर्टन आउँछ कि आउँदैन भन्ने कुरालाई ध्यान दिएर मात्रै लगानी गर्ने गर्छन्। कुनै पनि व्यक्तिले घाटा हुने कुरामा त लगानी गर्दैन नि’ मन्त्री राईले राज्यले कुनै पनि परियोजनामा लगानी गर्दा पर्याप्त प्रतिफल आउँछ कि आउँदैन भन्ने पक्षलाई ख्याल गरेर मात्रै लगानी गर्नुपर्ने बताए।

‘सबै आयोजनामा नाफा नै हुन्छ भन्ने त हुँदैन तर त्यसको प्रतिफल आउने र राज्यले धान्न सक्ने खालका परियोजना मात्रै अघि बढाउनुपर्ने हुन्छ।’ उनले भने– ‘अहिले पनि जयनगर–जनकपुर रेल घाटामा छ। पहिला पनि यो रेल घाटामै चलिरहेको थियो।’ मन्त्री राईले नेपालका सरकारी निकायले नेपालमा रेलमार्ग सञ्चालनमा घाटा हुने विषयमा भन्न नसक्ने बताए। ‘यो वास्तविक कुरा हामी मन्त्री वा सरकारी निकायले भन्दा सक्दैनौं तर मुलुकको वास्तविक कुरा भने यही हो’– उनले भने। मन्त्री राईले नेपालमा बर्खाको समयमा कागजको पानीजहाज चले पनि ठूला जहाज चल्न नसक्ने पनि स्पष्ट पारे।
‘नेपालमा ठूला खालका पानीजहाज चलाउन सम्भव छैन,’ उनले भने– ‘ससाना खालका बोट चलाएर आनन्द भने लिन सकिनेछ।’ पूर्वपश्चिम रेलमार्गको इनरुवा काकँडभित्ता खण्डको रेलमार्ग मुआब्जा र क्षतिपूर्तिको लागि २४ अर्ब मुआब्जा लाग्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
    • वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.