बेपत्ता छोरी खोज्न हरेक दिन चोभारको गल्छी पुग्छिन चम्पा
काठमाडौं । पाँच दिनअघि ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३० वर्षीया जेरुसा राईको अत्तोपत्तो छैन ।
जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा दर्जनौं स्थानमा खोजी जारी राखेको छ । डिप्रेसनको औषधि सेवन गरिरहेकी जेरुसाले आमा चम्पा घिमिरे र आफैंलाई सम्बोधन गरी सुसाइट नोट लेखेर घर छाडेकी थिइन् ।जेरुसाले सुसाइट नोटमा लेखेकी छन्– ‘आमा तपाईंको कुनै गल्ती छैन, तपाइले आफ्नो टेक केयर आफैंले गर्नुहोला । मेरो जीवन राम्रो छ तर अहिलेको समय मलाई जानु छ । मलाई माफ गरिदिनुहोला लभ जेरुसा, वागमती खोला, पिन नम्बर ५५२० ।’
६ गते रातभर चोभारको वागमती वरपर खोजे पनि फेला नपरेकी जेरुसाका आमा चम्पाले ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्। ‘हेर्नु न बाबु, यतिका दिन भइसक्यो मेरी छोरी जेरुसालाई भेट्न सकेको छैन, ललितपुरको पूरै प्रहरीले खोज्दा पनि छोरीको अत्तोपत्तो छैन’ –आमा चम्पाले भनिन् ।छोरीको खोजी गर्न चम्पा हरेक दिन चोभारको गल्छी पुलछेउ पुग्ने गरेकी छन् ।
बाटोमा हिँड्ने सबैलाई छोरी खोजिदिन आग्रह गर्ने गरेकी छन्। प्रहरी परिसर जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले शंका लागेका सबै क्षेत्रमा प्रहरी परिचालन गरी खोजी जारी राखेको बताए । उनले भने– ‘आमा र जेरुसाका साथीले भनेका सबै ठाउँमा टोली परिचालन गरी तत्काल खोजी गर्ने गरेका छौं । विशेष गरी कीर्तिपुर वृत्त, ललितपुरको सानेपा र बुंगमती प्रभागका सबै टोली जेरुसा खोज्न लागिपरेका छन् ।’
महानगरीय प्रहरी प्रभाग बुंगमतीका प्रहरी निरीक्षक रमेश विष्टले चार दिनको बीचमा टौदह, कटुवालदह, ललितपुरका डुकुछाप, फर्सीडोल, बुंगमती, खोकना, चुनिखेल, भैंसेपाटीलगायत क्षेत्रमा खोजी भइरहेको बताए । प्रहरीले ती क्षेत्रका सीसीटिभी फुटेज हेरेका छन् ।प्रहरीले ७ गतेदेखि चोभारलगायत वागमती खोला क्षेत्रमा रातीको गस्तीलाई तीव्र बनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
