फुटपाथमा ज्यानैको खतरा
काठमाडौं । काठमाडौंका सडकपेटीमा मानिसको ज्यान खतरामा पार्न सक्ने चार सय भोल्टसम्मका क्याबिनेट बक्स राखिएका छन्। एक त साँघुरा फुटपाथ त्यसमा पनि नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट बक्स राख्दा पैदलयात्रीको जीवन सधैँ जोखिममा पर्ने गरेको छ। बाटोघाटोमा निर्वाध र निस्फिक्रीसाथ हिँडडुल गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारसमेत हनन भएको छ।
फुटपाथका बीच भागमा उच्च भोल्ट र ‘खतरायुक्त’ उपकरणसँग ज्यान जोखिममा राखेर हिँड्नु पर्दा पैदल यात्रीमा मानसिक समस्यासमेत हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ। यी क्याबिनेटले दैनिक जसो लाखौँ मानिसलाई त्राही त्राही गरिरहेको छ।
प्राधिकरणले सडकपेटीमा क्याबिनेट बक्स मात्र होइन, ठाउँठाउँमा बिजुलीका पोलसमेत गाडेको छ। बक्स राखिएका कतिपय ठाउँमा सानो ठाउँ राखिएको छ भने कतिपय ठाउँमा सडकपेटी पूर्णरूपमा अवरोध छ। सडकपेटी कम्तीमा डेढ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि कतैकतै आधा मिटरभन्दा कम रहेका छन्।
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा काठमाडौँको सडकपेटीमा क्याबिनेट बक्स राखेको हो। यस्तो जोखिमपूर्ण कामलाई प्राधिकरणले हाल पनि निरन्तरता दिइरहेको छ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकपेटीमा क्याबिनेट बक्स नराख्न तथा राखिएका बक्स हटाउन विद्युत् प्राधिकरणलाई पटक पटक औपचारिक रूपमै अनुरोध गरिएको बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कुरा राखिए पनि प्राधिकरणले बक्स हटाउन नसक्ने भन्दै आएको उनले बताए। प्राधिकरणले थप सडकमा क्याबिनेट राख्ने अनुमति माग गरे पनि सडक विभागले अनुमति दिएको छैन।
काठमाडौं महानगरपालिका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले सडकपेटीमा राखिएको क्याबिनेट हटाउन महानगरले प्राधिकरणलाई पत्राचार गरेकोमा प्राधिकरणले अप्ठ्यारा ठाउँका क्याबिनेट बक्स छिट्टै नै हटाउने प्रतिबद्धता गरेको बताए। उनले भने, “बक्स हटाउन प्राधिकरणले तीन महिनाको समय माग गरेको छ। सो अवधिभित्र बक्स हटाउनुपर्नेछ।” निर्धारित समयमा नहटाएमा महानगरपालिकाले नै ती बक्स फुटाइदिने उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
