फुटपाथमा ज्यानैको खतरा
काठमाडौं । काठमाडौंका सडकपेटीमा मानिसको ज्यान खतरामा पार्न सक्ने चार सय भोल्टसम्मका क्याबिनेट बक्स राखिएका छन्। एक त साँघुरा फुटपाथ त्यसमा पनि नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट बक्स राख्दा पैदलयात्रीको जीवन सधैँ जोखिममा पर्ने गरेको छ। बाटोघाटोमा निर्वाध र निस्फिक्रीसाथ हिँडडुल गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारसमेत हनन भएको छ।
फुटपाथका बीच भागमा उच्च भोल्ट र ‘खतरायुक्त’ उपकरणसँग ज्यान जोखिममा राखेर हिँड्नु पर्दा पैदल यात्रीमा मानसिक समस्यासमेत हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ। यी क्याबिनेटले दैनिक जसो लाखौँ मानिसलाई त्राही त्राही गरिरहेको छ।
प्राधिकरणले सडकपेटीमा क्याबिनेट बक्स मात्र होइन, ठाउँठाउँमा बिजुलीका पोलसमेत गाडेको छ। बक्स राखिएका कतिपय ठाउँमा सानो ठाउँ राखिएको छ भने कतिपय ठाउँमा सडकपेटी पूर्णरूपमा अवरोध छ। सडकपेटी कम्तीमा डेढ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि कतैकतै आधा मिटरभन्दा कम रहेका छन्।
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा काठमाडौँको सडकपेटीमा क्याबिनेट बक्स राखेको हो। यस्तो जोखिमपूर्ण कामलाई प्राधिकरणले हाल पनि निरन्तरता दिइरहेको छ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकपेटीमा क्याबिनेट बक्स नराख्न तथा राखिएका बक्स हटाउन विद्युत् प्राधिकरणलाई पटक पटक औपचारिक रूपमै अनुरोध गरिएको बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कुरा राखिए पनि प्राधिकरणले बक्स हटाउन नसक्ने भन्दै आएको उनले बताए। प्राधिकरणले थप सडकमा क्याबिनेट राख्ने अनुमति माग गरे पनि सडक विभागले अनुमति दिएको छैन।
काठमाडौं महानगरपालिका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले सडकपेटीमा राखिएको क्याबिनेट हटाउन महानगरले प्राधिकरणलाई पत्राचार गरेकोमा प्राधिकरणले अप्ठ्यारा ठाउँका क्याबिनेट बक्स छिट्टै नै हटाउने प्रतिबद्धता गरेको बताए। उनले भने, “बक्स हटाउन प्राधिकरणले तीन महिनाको समय माग गरेको छ। सो अवधिभित्र बक्स हटाउनुपर्नेछ।” निर्धारित समयमा नहटाएमा महानगरपालिकाले नै ती बक्स फुटाइदिने उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



