चामलको अक्षताले हान्दा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, आश्विन, ११
रामेछाप। पितृ उतार्ने भन्दै अक्षता चामलले हान्दा रामेछापमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
घट्नामा मृतक माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएकी छिन्। उनको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोराभन्दा बढी चामलको अक्षताले मुख तथा शरिरमा हानेको स्थानीयहरुले बताएका छन्।
करिव डेढ घन्टा चामलले हानेपछि मृत्यु भएकी बिबा माझीलाई उनीहरुले फेरि व्युताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम माझीले जानकारी दिए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
