मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पछि नेप्सेमा थप २ वाणिज्य बैंकको सेयर कारोबार रोक्का
जानकारी केन्द्र
२०७९, आश्विन, ११
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज मंगलबारदेखि थप २ वाणिज्य बैंकहरुको सेयर कारोबार रोक्का भएको छ ।कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भए पछि दुबै बैंकहरुको दोस्रो बजार कारोबार रोक्का गरिएको हो ।
यी दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने सहमति भएको छ । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

