Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल किष्ट अस्पतालमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ११
सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल किष्ट अस्पतालमा

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना भएर उपचाररत छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिए । चिकित्सकहरूले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।

Top Changing Nepal

युट्युब सट्स