२५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम
काठमाडौं । नेपाल पौडी संघको आयोजनामा भएको २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी कुल ३८ पदक प्राप्त गर्दै नेपाल प्रहरीको टिमले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञमान तुलाधरले ५ स्वर्ण र १ रजत, युवानलाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिलकुमार थापामगरले ३ रजत र १ कास्य, रेवान्तबहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समीराशोभा थापा मगरले २ रजत र २ कास्य, सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा गौरव लामा, सुविज्ञमान तुलाधर, युवानलाल श्रेष्ठ र सनिलकुमार थापामगरले फ्री स्टाइल रिलेमा १ स्वर्ण पदक प्राप्त गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता(२०७९ को तयारीस्वरूप नेपाल पौडी संघको आयोजनामा असोज ५ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
