अवैध लागूऔषध खैरो हेरोइन सहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका(११ बन्चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका(१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त
पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका(६ वैशाखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १६ मिलीग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका(५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका (१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे।७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त ठाउँमा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका(६ मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित रामेछाप, रामेछाप नगरपालिका(८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका(५ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित ईलाम माई नगरपालिका(२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

