सीमावर्ती नेपाली बजारमा भारतीय तीर्थालुको घुइँचो
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ ।
भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली बजार ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो ।
पूर्णागिरि मन्दिरको दर्शन पछि ब्रह्मदेव वा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरको समेत दर्शनपश्चात् मनोकामना पूरा हुने धार्मिक मान्यता र विश्वास रहेको छ । त्यसैले उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न ठाउँबाट सवारीसाधन भाडा गरेर सामूहिक रुपमा भारतीय तीर्थालु सिद्धनाथ मन्दिरको दर्शन गर्न ब्रह्मदेव पुगेका छन् ।
“पूर्णागिरि माताको दर्शनपछि सिद्धबाबा मन्दिरमा आउनै पर्छ, यो बाबुबाजे देखिकै चलन हो, हाम्रो आस्था हो”, ब्रह्मदेवमा भेटिनु भएका लखिमपुरका अनिल बर्माले भने, “यहाँ पुगेपछि मनोकामना पूरा हुन्छ, सपरिवार प्रत्येक वर्ष दर्शन गर्ने गरेका छौँ ।” घटस्थापनादेखि सुरु हुने नवरात्र मेलाले ब्रह्मदेव बजारमा भारतीय तीर्थालुको घुइँचो लागेको छ । पूर्णागिरि जाने क्रममा सडक सहज नहुँदा केही सास्ती खेप्नु परेको दर्शनार्थीको गुनासो छ ।
“ठाउँ ठाउँमा सडक बिग्रिएको छ, त्यसैले यात्रा केही असहज छ,” सीतापुरका अशोक कुमारले भने, “सडक बिग्रिएको ठाउँमा पैदल हिँडेरै भए पनि पूर्णागिरि माता, सिद्धनाथ बाबाको दर्शन गर्न ब्रह्मदेव आएका छौँ ।”
सिद्धनाथ मन्दिरमा पछिल्लो समयमा दैनिक १० हजारभन्दा बढी भारतीय तीर्थालु दर्शनका लागि पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए । “घटस्थापनदेखि पूर्णागिरिमा सुरु भएको नवरात्र मेलाले सिद्धनाथ मन्दिर दर्शन गर्न आउनेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ, यो मेला नवरात्र अवधिसम्म लाग्छ”, उनले भने ।
मन्दिर सरसफाइका साथै तीर्थालुको सुविधाका लागि शुद्ध पिउने पानीको व्यवस्थापन गरिएको उनको भनाइ छ । ब्रह्मदेवमा भारतीय दर्शनार्थीको भीड बाक्लिएसँगै व्यापार पनि वृद्धि हुने व्यवसायीको विश्वास छ ।
भारतीय दर्शनार्थीलाई लक्षित गरेर ब्रह्मदेव बजारमा अहिले छाप्रो बनाएर खेलौनालगायतका स–साना पसलहरु पनि थापिएका छन् । मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्सलगायत रेडिमेड कपडा रुचाउने गरेका छन् । “मेलाले भारतीय दर्शनार्थीको चहलपहल बढेकाले अरू समयभन्दा व्यापार राम्रो हुन्छ”, व्यवसायी दत्तराज पनेरुले भने, “यहाँ दर्शन गरेपछि तीर्थालुले व्रत तोड्छन्, त्यसैले यो अवधिमा होटल धेरै चल्छ ।”
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री