चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, आश्विन, १३
काठमाडौँ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ ।
आगलागी लगत्तै अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ । चीनमा घातक आगलागी बारम्बार हुने गरेका छन्, जहाँ भवन संहिता उल्लंघन गरेर व्यापक अनधिकृत निर्माण भइरहन्छन् ।
यस महिनाको सुरुमा, चाङ्साको मध्य शहरमा भएको ठूलो आगलागीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी चाइना टेलिकमको कार्यालय रहेको गगनचुम्बी भवनमा क्षति भएको थियो । त्यस्तै उत्तरपूर्वी जिलिन प्रान्तमा एउटा गोदाममा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
