६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक
काठमाडौं । कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन।
काठमाडौं महानगरपालिकाले केही समयअघि जडीबुटीस्थित माइली खत्रिनीको नाममा रहेको घरटहरा अवैध भएको भन्दै भत्काइदिएको थियो। खत्रिनीको नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ०।५२ वर्गमिटर मात्र छ तर उनले अनेक माग गर्दै सडक चौडा अभियानलाई बाधा पु¥याउँदै आइरहेकी थिइन्।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निउरेले काठमाडौं महानगरपालिकाले जडीबुटीचोकस्थित घरटहरा भत्काएसँगै द्रुत गतिमा सो खण्डको सडक कालोपत्रे गर्नका लागि ठेक्का अघि बढाइएको बताए। ‘कार्यालयले सो खण्डको सडक कालोपत्रे गर्नका लागि सात दिने टेण्डर आह्वान गरेर ठेकेदार कम्पनी छनोट भइसकेको छ,’ उनले भने– ‘छनोट भएको ठेकेदार कम्पनीसँग दसैं अगावै सम्झौता हुनेछ ।’
कार्यालयका अनुसार सो खण्डको सडक तथा ढल व्यवस्थापनको लागि गाइखुरा बिल्डर्स र आदर्श एण्ड आरम्भ जेभीले ६५ लाख लागतमा ठेक्का पाएको छ। कार्यालयले एकरदुई दिनभित्रै ठेकेदार कम्पनीसँग सम्झौता गर्नेछ। ठेकेदार कम्पनीलाई ६ महिनाभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्न लागिएको हो। सरकारले केही वर्षअघि अर्बौं रूपैयाँ खर्चेर तिनकुने–सूर्यविनायक सडक खण्डलाई ६ लेन चौडा बनाए पनि कोटेश्वर–जडीबुटी सडकमा जाम समस्या सुल्झिएको थिएन।
अघिल्लो वर्ष यसबीचको सडकलाई थप फराकिलो बनाएर समस्या समाधान हुने उपाय निकालियो। त्यसअनुसार सरकारले करिब ४ सय मिटर सडकखण्ड बनाउन करिब ८ करोड रूपैयाँ खर्चसमेत ग¥यो तर घरधनी खत्रिनीको अवरोधका कारणले सडकले पूर्णता पाउन सकेको थिएन। सडक डिभिजन कार्यालय काठमाडौंले ७ करोड ८१ लाख रूपैयाँ खर्चेको यो सडकखण्डकोे दायाँतर्फको सडक खुला भएर निर्बाध रूपमा सञ्चालनमा आएको छ।
देब्रेतर्फ पर्ने ३ सय मिटर सडकमध्ये २ सय ६४ मिटरभन्दा धेरै सडक चौडा भए पनि यो अझै अवरुद्ध छ। जडिबुटीतर्फ निकासको अन्तिम बिन्दुमा रहेको जस्ता र झिँगटीसहितको सानो घरकोे मुआब्जा तथा क्षतिपूर्ति मिलाउन नसक्दा यो खण्ड सञ्चालनमा आउन सकेको थिएन् । नागरिक दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
