विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो ।
हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने घोषणा गरेका थिए । ०७४ मा उनी कांग्रेसको समानुपातिक सांसद बनेका थिए । तर, यसपटक भने आफू समानुपातिकमा नबस्ने उनको घोषणा छ । चौधरीको नाम नवलपुर–१ र २ दुवैबाट सिफारिश भएको छ । नवलपुर–१ डा। शशांक कोइरालाले जितेको क्षेत्र हो । यसपटकपनि उनी नै चुनाव लड्ने चर्चा छ । तर, चौधरी र कोइरालाबीच सुरुवातदेखि नै राम्रो दोस्ती छ ।
गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा चौधरीले वडाबाटै चुनाव लडेका थिए । चौधरीको मुख्य प्राथमिकतामा भनेको नै युवाहरुलाई गरिखाने बनाउने हो । यसको अलावा उनले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राखेका छन् ।
आगामी निर्वाचनमा उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार हुनका लागि नवलपरासी र नवलपुरबाट त्यहाँको क्षेत्रीय समितिले नाम सिफारिस गरेको छ। तर, चौधरीले भने पार्टीले जहाँ उम्मेदवार बनाउँछ आफू त्यहीँबाट उठ्ने बताएका छन् ।
अहिले चौधरीलाई चुनाव लड्नको लागि दुवै क्षेत्रका जनताले घरमा धर्नाजस्तो दिन थालेका छन् । चौधरीले सो क्षेत्रबाट चुनाव जिते त्यहाँको विकास हुने जनतामा ठूलो विश्वास छ । चौधरीले पनि आफू जनतासँग जोडिन चाहेको बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

