विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले चुनाव लड्ने तयारी गर्नुमा जनताको दबाब पनि हो ।
हुन त चुनावी माहोल सुरु नहुँदै चौधरीले आफू अब ‘ब्यकडोरबाट राजनीति’ नगर्ने भन्दै प्रत्यक्षमा चुनाव लड्ने घोषणा गरेका थिए । ०७४ मा उनी कांग्रेसको समानुपातिक सांसद बनेका थिए । तर, यसपटक भने आफू समानुपातिकमा नबस्ने उनको घोषणा छ । चौधरीको नाम नवलपुर–१ र २ दुवैबाट सिफारिश भएको छ । नवलपुर–१ डा। शशांक कोइरालाले जितेको क्षेत्र हो । यसपटकपनि उनी नै चुनाव लड्ने चर्चा छ । तर, चौधरी र कोइरालाबीच सुरुवातदेखि नै राम्रो दोस्ती छ ।
गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा चौधरीले वडाबाटै चुनाव लडेका थिए । चौधरीको मुख्य प्राथमिकतामा भनेको नै युवाहरुलाई गरिखाने बनाउने हो । यसको अलावा उनले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राखेका छन् ।
आगामी निर्वाचनमा उनलाई प्रतिनिधि सभातर्फ उम्मेदवार हुनका लागि नवलपरासी र नवलपुरबाट त्यहाँको क्षेत्रीय समितिले नाम सिफारिस गरेको छ। तर, चौधरीले भने पार्टीले जहाँ उम्मेदवार बनाउँछ आफू त्यहीँबाट उठ्ने बताएका छन् ।
अहिले चौधरीलाई चुनाव लड्नको लागि दुवै क्षेत्रका जनताले घरमा धर्नाजस्तो दिन थालेका छन् । चौधरीले सो क्षेत्रबाट चुनाव जिते त्यहाँको विकास हुने जनतामा ठूलो विश्वास छ । चौधरीले पनि आफू जनतासँग जोडिन चाहेको बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
