Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १४
वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

काठमाडौं । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो।

घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ। सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ। वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताउनुभयो। पहिरोले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन्। “पीडित राहतका लागि फोन गर्न थालेका छन्”, उहाँले भन्नुभयो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिनुभयो। वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन्। दसैं तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन्।

Top Changing Nepal

युट्युब सट्स