• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • १३ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • १३ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • १५ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • १५ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १६ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १७ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • २. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • ३. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ६. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ९. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • १०. ट्रक दुर्घटना हुँदा चालकको निधन

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

जानकारी केन्द्र २०७९, आश्विन, १४

काठमाडौँ । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् ।

टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उनको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उनी बताउछन् । “दसैँमा सकेसम्म घरमै खसीबोका काट्छौँ, नकाटे पनि पाँचरसात किलो मासु किन्छौँ”, रम्फेलीले भन्छन्, “चाडपर्वमा त सबैले पेटभरि खान्छौँ, दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तो लाग्छ । दसैँमा अष्टमीदेखि पूर्णिमासम्म माछा मासु खाइन्छ ।”

टीकापुरकी रेखा परियारका घरमा पनि खसी बोका काट्छन् । उहाँ पनि दसैँमा अन्य बेलाभन्दा बढी माछा मासु र अन्य परिकार खान्छन् । “दसैँमा टन्न खाने हो, हामी त बरु बिरामी भए औषधि खान्छौँ तर माछा मासु, सेलरोटी नखाने भन्ने हुँदैन”, उनी भन्छन्, “घरमा पनि खान्छौँ, माइत गएर पनि खान्छौँ ।”

चाडपर्वलाई महत्वका साथ मनाउने गर्दछन् । चाडपर्व भनेपछि मानिसको खुसीसँग जोडिन्छ । पर्वले मेलमिलाप, खुसी र एकताको सन्देश दिन्छ । दसैँको तयारी सुरु भएपछि हरेक मानिसका घरमा आवश्यक खाद्यान्न, तरकारी तथा माछा मासुको जोहो सुरु भएको छ ।

त्यस्तै, बिन्तिराम चौधरीको घरमा पनि चाडपर्वमा मासु बढी पाक्छ । घरमै खसी काटेर आफू र आफ्ना आफन्तलाई खुवाइन्छ । बिन्तिरामको घरमै माछामासु पाके पनि उनको परिवार स्वास्थ्यबारे भने सचेत रहेको उनी बताउछन् । “माछा मासु तथा चिल्ला खानेकुरा बढी पाक्छन्, अन्य समयभन्दा बढी खाइन्छ”, उनी भन्छन्, “माछा मासु तथा चिल्ला खानेकुरा खान्छौँ साथमा त्यसलाई पचाउने खालका खानेकुरा पनि खाने गरेका छौँ । सलाद, फलफूल र सागपात पनि अनिवार्य खाइन्छ यो समयमा ।”

लम्की चुहा–१ का रुपेश न्यौपानेको घरमा पनि विगतका वर्षमा माछा मासु बढी पाक्थ्यो । गत वर्ष खसीको मासु धेरै खाएकै कारण रुपेशका बुबा बिरामी भएपछि यस वर्ष उनीहरु माछामासुको बढी प्रयोग नगर्ने तयारीमा छन् । “गत वर्ष मासु अपच भएर बुबा दसैँकै समयमा बिरामी भए । तीन दिन अस्पताल बस्नुप¥यो”, उनी भन्छन्, “माछामासु र चिल्ला खानेकुरा धेरै खान नहुने रहेछ । यस वर्ष हामी पर्व मनाउनका लागि मात्रै थोरै मासु किनेर खाने तयारीमा छौँ ।”

हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ । दसैँमा लुगा किन्ने, मीठा परिकार खाने, नयाँं ठाउँं घुम्ने, आफन्तकहाँ टीका थाप्न जाने, दक्षिणा दिनेजस्ता हरेक कार्य हुन्छन् । चाडपर्वमा गरिने क्रियाकलाप मानिसको शारीरिक, मानसिक र आर्थिक क्षेत्रसँग जोडिन्छन् । चाडपर्वमा कोही मानिस धित मारुञ्जेल खान्छन् भने कोही मानिस संयमता अपनाएर खानपान गर्छन् ।

शिक्षक टेकबहादुर सार्की भने चाडपर्वको फरक फरक महत्व भए पनि शारीरिक र आर्थिक व्यवस्थापनमा सचेत भएको बताउछन् । उनी चिल्लो र मसालेदार खानेकुरा बढी खाँदा त्यसलाई पचाउने खालका खानेकुरा खान्छन् । “मेरो घरमा माछामासु खाँदा स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्छौ, चाडपर्वमा हाम्रो घरमा फलफूल, सागपातमा बढी खर्च हुन्छ”, उनले भने, “पर्वहरुमा हामी मासुका धेरै परिकार प्रयोग हुन्छन्, माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रुपमा प्रयोग गरिन्छ तर हामी त्यसलाई पचाउने खानेकुरा समेत खान्छौँ ।”

शरीरलाई चाहिने प्रोटिनको स्रोतका रुपमा मासुलाई लिइन्छ । मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेशेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ । मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलस्य बनाउने भएकाले मानिसको स्वास्थ्यमा विभिन्न असर गर्नसक्ने भएकाले चाडपर्वमा मासु धेरै खान नहुने टीकापुर अस्पतालका डा संवाद खरेल बताउछन् । “माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर हुन्छ, क्षणिक असरमा अपच हुनसक्छ, युरिक एसिडको समस्या भएकालाई असर गर्छ”, डा खरेल भन्छन्, “कोल्डस्टोर बढेर जाने भएकाले पाचन र कलेजोसम्बन्धी समस्या हुनसक्ने भएकाले सचेत हुनुपर्छ । कुनै पनि खानेकुरा आवश्यकता भन्दा बढी खान हुँदैन ।”

डाक्टर खरेल मासु खाइहालेमा प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानी गर्ने हो त्यसबाट बच्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिन्छन् । “खसीको मासु र भात धेरै खान हुँदैन, हामी कहाँ धेरै खाने चलन छ”, उनी भन्छन्, “झोलिलो कुरा, सागपात, रेसादार तरकारी तथा फलफूल बढी खानुपर्छ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.