ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै
काठमाडौँ । यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।
पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ । द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष पुरातत्व विभागबाट किल्ला पुनःनिर्माण र मर्मतका नाममा बजेटबाट किल्ला मर्मतभन्दा पनि बाहिरी सजावटमै खर्च हुँदै आएको छ । अमरगढी किल्ला विकास समितिले किल्लाको सबै जिम्मेवारी पाए पनि मर्मत तथा सुधारमा चासो दिएको छैन ।
अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामकरण गरिएको हो । नगरपालिकाले स्थापनापछि विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । विसं २०५८ मा तत्कालीन माओवादी द्वन्द्वका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो । त्यसपछि किल्ला प्रवेशमा पर्यटकलाई प्रतिबन्ध लगाइएको थियो । विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मातहत रह्यो । स्थानीयको पटकपटकको प्रयासपछि २०६६ साल पुसदेखि किल्लाको नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।
किल्लाभित्र रहेको ऐतिहासिक हातहतियार तथा तत्कालीन युद्धरत सैनिकका पोशाक राख्न, प्रचार गर्न जरुरी रहेको स्थानीय सुरेश थापाले बताए । प्रत्येक आर्थिक वर्षमा नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीयस्थलको प्रचारका लाखौँ रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

