०२ फागुन २०८२, शनिबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

कोसेली सिगानाका सुन्तला

बागलुङ। सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गरेका छन् ।

सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भए पनि उनले सय बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो फल्ने गर्दछ ।

बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् । खड्काले पाँच वर्ष अगाडि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । दुई वर्षदेखि ३० भन्दा बढी सुन्तलाको बोटमा सुन्तला फल्ने गरेको छ । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन् ।

“दुई वर्ष अघिसम्म उन्सु मात्रै सुन्तला दुई केजी बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ, दसैँलाई कोसेलीका रुपमा गाउँमै बिक्रीसमेत भयो अहिले तीन सयभन्दा केजीभन्दा बढी सुन्तला पाक्यो”, उनले भने, “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार हुन्छ यसलाई छोटो समयमा धेरै सुन्तला उत्पादन गर्ने गरी बगैँचा विस्तार गर्न आवश्यक छ ।”

मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँच वटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ । थोरै बिरुवा लगाएरभन्दा ठूलो परिणाममा बिरुवा लगाउन सके राम्रो हुँने भन्दै आफूले उत्पादन गरेको सुन्तला दसैँको कोसेलीका रुपमा गाउँमै खपत हुने खड्काको भनाइ छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने बताए । बेमौसमी सुन्तलाको प्रतिकिलो रु। एक सय ८० मा बिक्री हुने गरेको छ ।

चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउछन् । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फलेको छ । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ ।

कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाएका थिए । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज जातका सुन्तला लगाएको हो ।

व्यावसायिक उत्पादन गर्नसके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताए । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आएका उनले हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । उनीसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । उनले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • २०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.