• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २३ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १ दिन 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १ दिन 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १ दिन 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

जसपा गठबन्धनबाट बाहिरिने संकेत

जानकारी केन्द्र २०७९, आश्विन, १६

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

‘हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँच दलीय गठबन्धनमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट तालमेलका सम्बन्धमा भइरहेको छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्न सकिनेछ,’ कार्यकारिणी समितिको बैठकपछि जसपाका प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गर्छ।’

कार्यकारिणी समितिको यस निर्णयले सिट तालमेलका लागि अब एमालेलगायत अन्य दलसँग कुराकानी गर्न जसपालाई बाटो खुला गरेको छ। जसपाका नेताहरूले अब एमालेसँग कुराकानी हुन सक्ने बताएका छन्। ‘अब हामी सबै दलसँग कुराकानी गर्छौं। सबै दलमा एमाले पनि पर्छ,’ जसपा कार्यकारिणी समिति सदस्य विजय यादवले भने, ‘यसको मतलब हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं। गठबन्धनबाहेक अन्य दलहरूसँग तालमेल गर्न तयार छौं।’

जसपा कार्यकारिणी समितिका अर्का सदस्य एवं कृषिमन्त्री मृगेन्द्रसिंह यादवले कार्यकारिणी समितिको निर्णय सत्ता गठबन्धनका लागि अल्टिमेटम भएको बताए। उनले जसपाले माग गरेअनुसार सिट गठबन्धनका अन्य सहयात्रीले दिएनन् भने पार्टी एक्लै चुनावमा जाने बताए। ‘यो एक किसिमको चेतावनी पनि हो। मधेसमा हामीलाई कम्तीमा १५ सिट चाहिएको छ। गठबन्धनका अन्य दल मधेसमा जसपालाई १५ सिट दिन तयार नभए हामी एक्लै चुनाव लड्छौं,’ उनले भने।

पछिल्लो समय जसपा गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ। जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्। शुक्रबार मधेसमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले गठबन्धनबिना पनि जसपा एक्लै चुनाव लड्न तयार भएको धारणा राखेका थिए।

यसैगरी बिहीबार धनुषामा गरिएको कार्यक्रममा पनि उनले भनेका थिए, ‘सिट बाँडफाँटमा मधेसी, जनजातिको सम्माजनक सम्बोधन भएन भने हामी एक्लै चुनाव लड्न सक्षम छौं।’ जसपाका अन्य नेताहरूले पनि गठबन्धनले सम्मानजनक सिट नदिए मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन्।

स्रोतका अनुसार मधेस प्रदेशका ३२ सिटमध्ये कम्तीमा १५ जसपाका लागि छुट्टयाउनुपर्ने अडानमा सो दलका नेताहरू छन्। गठबन्धनमा रहेका अन्य दलका नेताहरू भने मधेस प्रदेशमा जसपालाई १५ सिट दिन तयार छैनन्। स्रोतको भनाइ छ, ‘बढीमा १२ सिट जसपालाई दिने गठबन्धनको तयारी छ।’ यसमा जसपाले कडा असन्तुष्टि पोखेको छ।

जसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा बोलेका अधिकांश सदस्यले गठबन्धनले सम्मानजनक सिट नदिए त्यहाँबाट बाहिरिनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन्। स्रोतका अनुसार बैठकमा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘हामीले एक्लै चुनाव लड्दा मधेस प्रदेशमा १५र१६ सिट जित्छौं। यस्तो अवस्थामा हामीलाई गठबन्धन किन चाहियोरु कांग्रेस र माओवादीलाई जिताउन हामी किन गठबन्धनमा बस्नुपर्‍योरु’ जसपाले मधेसबाहेक अन्य प्रदेशमा कम्तीमा तीन सिट मागेको छ। ‘यसमा पनि गठबन्धनका अन्य दल सकारात्मक छैनन्,’ स्रोतले भन्यो।

पछिल्लो समय मधेसवादी अर्को दल लोसपाका केन्द्रीय नेताहरू एकएक गरी नेकपा एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ता जसपामा आइरहेको सो दलका नेताहरूको दाबी छ। यसैकारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था पहिलेको भन्दा झन् बलियो हुने जसपा नेताहरूको विश्लेषण छ। जसपाका एक नेताले भने, ‘त्यसैले हामीलाई कम्तीमा १५ सिट मधेस प्रदेशमै चाहिएको छ। त्योभन्दा तल झर्ने अवस्था नै छैन तर गठबन्धन दलका अन्य नेताहरूले मधेसमा हाम्रो शक्तिलाई बेवास्ता गरिरहेका छन्।’ आजको नागरिक पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

ताजा

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.