एउटै च्यांग्राको मूल्य आधा लाख
काठमाडौं । दसैंलाई लक्षित गरी काठमाडौंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले।
डेढ दशकदेखि भेडाच्यांग्राको व्यापारमा लागेका सिलवालले यसपटक ३ सय च्यांग्रा खरिद गरे। उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वर्षभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारी सिलवालले बताए। उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले पनि गोठबाट उपभोक्तासम्म पुग्दा एउटै च्यांग्राको मूल्य आधा लाख भेट्ने बताए। ‘यो दसैंमा पनि च्यांग्राको भाउ महँगिएको छ,’ व्यापारी सिलवालले भने, ‘च्यांग्रा महँगो भए पनि माग अत्यधिक छ।
भेडाको तुलनामा च्यांग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले नियमित व्यापारीले पहिला नै बुकिङ गर्दा केही सस्तो पर्ने तर नयाँ व्यापारीले भन्ने महँगोमा किन्नुपर्ने उनले बताए। मुस्ताङका च्यांग्रालाई बेनी–जोमसोम सडकखण्ड हुँदै म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र बेनी बजारमा ल्याएर त्यहाँबाट ट्रकमा राखी काठमाडौंलगायतका बजारमा लगिन्छ।
बेनी बजारका खसी व्यापारी प्रकाश पौडेलले भेडा–च्यांग्राको मूल्य बढेपछि यसपटक कम किनेको बताए। ‘मुस्ताङ पुगेका केही व्यापारी रित्तै फर्किए’, उनले भने, ‘उपभोक्तालाई बिक्री गर्ने मूल्य मुस्ताङमै पर्छ।’ उनले यसपटक आफूले मुस्ताङबाट ९८ वटा भेडा–च्यांग्रा ल्याएको बताए। प्रतिकूल मौसमका कारण यसपटक केही भेडा–च्यांग्रा बाटोमै मरेकाले मर्कामा परेको पनि उनले बताए।
उपल्लो मुस्ताङका स्थानीय व्यापारीले भेडा–च्यांग्रा खरिद गरी बाहिरी जिल्लाबाट आउने व्यापारीलाई बिक्री गर्न थालेपछि मूल्य बढ्न थालेको बाहिरबाट गएका व्यापारी बताउँछन्।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
