• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १० घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

सिकौं प्याज खेती गर्न

जानकारी केन्द्र २०७९, आश्विन, १६

प्याजलाई एउटा प्रमुख मसला बालीको रुपमा चिनिन्छ । प्रायः गरेर कृषकहरूले बैशाख महिनामा प्याजखन्ने भएकाले त्यतिबेला बजारमा प्याज प्रशस्त मात्रामा पाइन्छ । त्यसैले बजारमा प्याजको मूल्य घट्न जान्छ र कृषहरूले उचित मूल्य पाउदैनन । तर त्यस समय भन्दा अघि र पछि बजारमा प्याजको मूल्य प्राय उच्च हुने गर्दछ । बजारको माग पूरा गर्नका लागि बाहिरबाट प्याज आयत् हुने गर्दछ । त्यसैले कृषकहरूले प्याज खेतीबाट बढी फाइदा लिनका लागि वेमौसमी प्याज लगाउनुनै एउटा उत्तम उपाय हो । प्याज खेतीको लागि २० देखि ४० डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त मानिन्छ । दिनमा ३० डिग्रीसेन्टीग्रेड र रातमा २० डिग्री देदि सेन्टी ग्रेड औषत तापक्रममा प्याजको बिरुवाको वृद्धि तथा विकास राम्रो हुन्छ । बाली पाक्ने समयमा उज्यालो घाम र कम तापक्रम भएको दानाम कार्वो हाइड्रेडको मात्र विकास हुन सहयोग पु¥याउँदछ ।

हावापानी र माटो :
बीउ उत्पादनको लागि २०–२५ डिग्री सेन्टिग्रेड तापक्रमको आवश्यकता पर्दछ । भने बिरुवा उत्पादनको लागि १३(२१ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यकता पदृछ । प्याजको गानो को राम्रो विकासको लागि बढी तापक्रम र लामो दिनको आवश्यकता पर्दछ । तर बिरुवाको राम्रो वृद्धि विकासको लागि भने छोाटो दिनको आवश्यकता पदृछ । प्याजको राम्रो वृद्धि विकास र अन्त्यमा बढी आम्दाी लिनको लागि बलौटे दोमट र हलुका किसिमको माटो उत्तम मानिन्छ ।

बीउ र बेर्ना रोप्ने :
एक रोपनी जग्गामा प्याजको खेती गर्नको लागि ४००–५०० ग्राम बीउको आवश्यकता पर्दछ भने प्रति कठ्ठा २६७–३३४ ग्रमा बीउको आवश्यकता पर्दछ । बेर्ना चाहीँ प्रति रोपनी ३३ हजार र प्रति कठ्ठा २२ हजार जति चाहिन् छ। सारिएको प्याजको बेर्नाबाट वास्पिकरण रोग्कनका लागि बेर्ना सार्नु भन्दा अगाडि पातको माथिल्लो १ र ३ भाग काटेर रोप्नु राम्रो मानिन्छ ।

गोडमेल, सिँचाई तथा पानीको निकास :
प्याजलाई झारपातले धेरै दुःख दिने भएकाले ५–६ फटक सम्म झारपात हटाई गोडमेल गर्नु पर्दछ । प्याजलाई प्रशस्त चिस्यान चाहिने हुनाले माटोको चिस्यानको अवस्था हेरी ६–७ पटकसम्म सिँचाई दिनु पर्दछ र प्याज लगाएको बारीमा पानीको निकासको प्रबन्ध गर्नु पर्दछ ।

प्याजको बोट मर्काउने :
चाँडै गानो तयार पार्न पात पहेलिन थालेपछि हात खुट्टाले वा ड्रमको सहयताले प्याज उखेल्नु भन्दा २०–२५ दिन अघि फेद भाँची बोटलाई मर्काउनु पर्दछ । पहेलिएको प्याज भने आफै हल्का ढल्दछ ।

प्याज खन्ने :
प्याजका ५० प्रतिशत पातहरू हल्का पहेँलो रंगमा परिवर्तन भएपश्चात मात्र प्याज खन्न तयार भएको मान्नु पर्दछ । प्याज खन्नु भन्दा ३ हप्ता अगाडि सिँचाई दिनु बन्द गर्नु पर्दछ । प्याजलाई खनी सके पनि छहारीमा जुटको बोराले पातहरू हल्का पहेँलो रङ्गमा परिणत नहुञ्जेल राख्नु पर्दछ । त्यसपछि प्याजको गानो भन्दा आधा ईन्च माथिको पातहरू काटेर हटाई छहारीमा पातहरू सुकेर छ्याई छ्याई बज्ने नहुञ्जेल सम्म राख्नु पर्दछ ।

प्याज सुकाउने :
प्याज खन्ने बित्तिकै केही दिनसम्म हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाइन्छ । जसलाई क्युरिङ्ग भनिन्छ । क्युरिङ्ग गर्नाले प्याजमा यसको अत्याधिक चिस्यान घट्न गई घाटी खदिलो, सानो तथा बाहिरको बोक्रा सुख्खा तथा पातलो भई प्याजको क्युरिङ्ग पूरा हुन्छ । क्युरिङ्ग गरेको प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

जातहरु :

प्याजका नसिक ५३, रेड क्रियोल, सुपरेकस, टी।आई। १७२, कास, भेनस र विन्टर सिल्भर गरि ७ वटा जातहरू छन्।

खेती गर्ने तरिका :

प्याजको खेती तीन प्रकारबाट गर्न सकिन्छस्

१. बीउ छरेर

२. उमारेको बेर्नालाई सारेर

३. प्याजको साना दानाका सेट तयार गरेर

यो लेखमा हामी बेर्ना सारेर गरिने खेतिका बारेमा सिक्छौँ।

जग्गाको तयारी :

प्याज खेतीको लागि डयाङ्ग बनाउन १ मिटर चौडाइ र आवश्यकता अनुसारको साधरणतया ३ मिटर लम्बाई भएको जमिन हुनुपर्छ।

दुई डयाङ्गको बिचमा करिब ८ इन्च जतिको खाली ठाउँ राख्नुपर्छ।

मलखाद :

प्राङ्गारिक तथा रासायनिक मलखादहरु ९युरिया तथा हर्मोनहरु बाहेक० जमिन तयार गर्ने समयमा प्रति रोपनीका दरले तलको सूचिमा दिए अनुसार प्रयोग गर्नुपर्छस्

प्राङ्गारिक र गोबर मल – करिब २ टन
पिना – २० के. जी.
डी. ए. पी. – १५ के. जी.
युरिया – १० के . जी.
म्युरेट ओफ पोटास – १० के. जी.
जिङ्क सल्फेट – १ के। जी।
बोरेकस – १ के. जी.
बायोजाम – १ के. जी.
हर्मोनहरु – प्राविधिकको सल्लाह बमोजिम
बीउ दर :

प्रति रोपनी ५००–६०० ग्राम बीउ रोप्नुपर्छ।

विषादी हाल्ने :

बिरुवा सारेपछि ३० देखि ४० दिनभित्र मल्टिप्लेक्स वा जीङ्गोप्लेक्स वा एग्रोमिन २ एम। एल। प्रतिलिटर पानीमा मिसाएर १५-१५ दिनको फरकमा ४ पटक छर्नुपर्छ। बिरुवालाई रोग तथा किराबाट बचाउन र राम्ररी हुर्काउन वेभिस्टिन २ ग्राम र रोगर १ एम। एल। प्रतिलिटर पानीको दरले बेर्ना र माटो दुवै राम्ररी भिज्ने गरी छर्नुपर्छ।

टप ड्रेसिंग :

बेर्ना रोपेको २० देखि २५ दिनमा ५ किलो युरिया र ४० देखि ४५ दिनभित्र अर्को ५ किलो युरिया लाइनमा छरेर टप ड्रेसिंग गर्नुपर्छ। टप ड्रेसिंग गर्दा दुई हारको बिचमा ५ से। मि। गहिरो कुलेसो बनाइ त्यहाँ युरिया राखेर माटोले पुरेर सिँचाई गर्नुपर्छ। त्यस्तै १ भाग जिवातु ९प्राकृतिक जीवाणुहरुको समूहबाट० झोल मलमा ३ भाग पानी मिसाएर हरेक हप्ता दुई पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा धेरै राम्रो हुन्छ।

गोडमेल :

साधरणतया ३ देखि ५ पटक झारपात उखेल्नुपर्छ।

सिँचाई :

प्याज रोपेको आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्छ। त्यसपछि पानीको मात्रा कम गर्दै लानु पर्छ र अन्त्यमा ९थन्क्याउने बेला० सुख्खा राख्नुपर्छ। प्याजलाई सुरुको २,३ महिना प्रशस्त मात्रामा चिस्यानको आवश्यकता पर्छ जसका लागि सिचाईको राम्रो व्यवस्था मिलाउनुपर्दछ।

रोगहरु :

बैजनी धब्बा, कालो पोके, डाउनि मिल्डू, डढुवा एन्थ्रक्नोज बैजनी जरा फेद कुहिने आदि प्याजमा लाग्ने रोगहरू हुन्

प्याजका रोगहरूलाई नियन्त्रण गर्नका लागि निम्न कामहरू गर्नुपर्छस्

अन्नबालीसँग घुम्ती बाली लगाउने
रोगमुक्त स्वास्थ्य बीउ रोप्ने र खेतबारी सफा राख्ने
थ्रीराम वा क्याप्टान ३ ग्राम प्रतिकिलो बीउका दरले प्याजको बीउ छर्नुभन्दा पहिले उपचार गर्ने

नर्सरीमा १ लिटर फर्मलडिहाइड ९४०५० ६० लिटर पानीमा हालेर प्रति वर्ग मिटरमा एक लिटर माटो भिज्ने गरी छर्केर माटोको उपचार गर्ने
डाइथेन एम–४५,क्याप्टान, बेमिस्टिन वा क्रिनोकिसल गोल्ड २ ग्राम प्रतिलिटर पानीका दरले मिसाई ७ देखि १० दिनको फरकमा ३ पटक छर्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.