रेड मिट कसले कति खाने ?
काठमाडौँ । दसैँको समयमा अधिकांश भान्सामा मासुको परिकार धेरै बन्ने गरेको पाइन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यलाई भने ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।
क्लिनिकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार चाडबाडको समयमा रेड मिट बढी खानाले स्वास्थ्यमा तत्कालीन मात्र नभई दीर्घकालीन असर पुग्नसक्छ । रेड मिटमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ्य र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलअनुसार खानु उचित हुन्छ ।
सेनका अनुसार ५० केजी तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम अर्थात् ३ देखि ४ पिस रेड मिट खानु स्वास्थ्यवद्र्धक हुन्छ । तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले भने यसको मात्रा बढाउनसक्ने उनी बताउँछिन् ।
प्रोटिनको मात्रा अधिक नहोस् भन्नलाई गेडागुडी, मासु तथा भात एकैपटक धेरै नखान र मासुसँगै सागसब्जी पनि उत्तिकै मात्रामा खान उनको सुझाव छ । विशेषगरी फ्रेस मिट, तथा अनप्रोसेस्ड मिटमा धेरै प्रोटिन माइक्रोन्युट्रेन्ट, आइरन, जिंक, भिटामिन बी १२ लगायत पोषण हुने भएकाले एकैपटक धेरै खाँदा ब्लड प्रेसर, मुटसम्बन्धि विभिन्न समस्या तथा, कोल्स्ट्रोल बढ्नसक्छ ।
दीर्घरोगीहरूले भने एकसय ग्रामका हिसाबले साताको तीन पटक कुखुरा वा माछा खान सकिने तर रेड मिट भने मासिक १ पटक मात्रै खाए स्वास्थ्यवद्र्धक हुने उनको सुझाव छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

