काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रुसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् । मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौँलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम किभ र पश्चिमको निन्दाका बावजुद रुसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।
‘लिमन पूर्ण रूपमा रुसी सेनाबाट मुक्त भएको छ । युक्रेनी सेनालाई धन्यवाद’, जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमार्फत जानकारी दिएका छन् ।
युक्रेनको सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ । यसपछि मस्कोले शहरबाट आफ्ना सैनिकहरूलाई ‘अधिक अनुकूल रेखाहरू’तर्फ ‘फिर्ता’ गर्ने घोषणा गरेको छ ।
आफ्नो नाम डे गुएरे ‘स्मोक’ बताउने ३३ वर्षीय युक्रेनी सैनिकले लिमानबाट भने, ‘अब म आशावादी छु र धेरै प्रेरित छु । म अग्रपङ्तिमा अझै अक्कल झुक्कल आक्रमण र प्रत्याक्रमणका गतिविधि देख्छु । यद्यपि हाम्रो अवस्था मजबुत छ । कसरी विदेशी हतियारहरू भित्राउने र हामीलाई हाम्रो भूमि फिर्ता लिने यसमा सहयोगी राष्ट्रले मद्दत गर्नेछन् ।’