ठूला दलको उम्मेदवार घोषणा नहुँदा स्वतन्त्रलाई झन् फाइदा, के असर पर्ला
काठमाडौं । सत्ता गठबन्धनले दशमीपछि कुनैपनि समयमा उम्मेदवारहरुको नाम घोषणा गर्ने रणनीति बनाएको छ । सम्भवतः २२ असोजको मध्यराति उम्मेदवारीको नामावली सार्वजनिक हुनसक्छ ।
गठबन्धनको उम्मेदवार कुरेको एमालेले पनि लगत्तै आफ्नो नामावली सार्वजनिक गर्नेछ । गठबन्धनले एमालेलाई अन्य दलसँग गठबन्धन र आफ्ना पक्षधरलाई तान्न समय नदिने गरी रणनीति बनाएको देखिन्छ । जसका कारण २३ असोजको विहानमात्र कतिपयको नाम सार्वजनिक हुनसक्छ ।
ठूला दलहरुले उम्मेदवार घोषणा नगर्दा आकांक्षीहरु अलमलमा छन् । उनीहरुले चुनावी तयारी बढाउन सकेका छैनन् । जसका कारण अब दलहरु संगठनकै भर पर्नुपर्ने हुन्छ ।
यसपटकको चुनावमा व्यक्तिगत प्रभाव र क्षमताको पनि महत्व बढ्न थालेको छ । जसका कारण स्वतन्त्र उम्मेदवारहरुको लहर चलेको छ । दलका उम्मेदवारहरुलाई यसकारण पनि चुनौती बढी देखिन्छ । चुनावी प्रतिष्पर्धा विगतमा जस्तो दलहरुलाई सजिलो छैन ।
शहरी क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारहरु चुनौती बनेका छन् । लहर विस्तारै बढ्दै गएकाले यसपटक चुनावमा सोचेभन्दा फरक परिणाम आउन सक्ने आँकलनहरु भइरहेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
