उत्तर कोरियाले जापान तर्फ हान्यो ब्यालेस्टिक मिसाइल
काठमाडौँ । उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। जापानको उत्तरी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको अनुमान जापानका अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मिसाइलका कारण जापानी अधिकारीले आइल्याण्ड अफ होकाइदोका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए । यस्तै अस्थायी रुपमा सो क्षेत्रमा रेल सेवा पनि बन्द गरिएको छ । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक जापनको आकासमाथि मिसाइल प्रहार गरेको हो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल र परमाणु परीक्षण रोकेको छैन ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले ब्यालेस्टिक मिसाइल परीक्षणको आलोचना गरेका छन् । जापान सरकारले अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बोलाएको छ ।
उत्तर कोरियाले प्रहार गरेको मिसाइल प्यासिफक ओसनमा जापानबाट तीन हजार किलोमिटर पर खसेको सरकारी अधिकारीले बताएका छन् । मिसाइलका कारण कोही घाइते भएको जानकारी नआएको उल्लेख छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
