युरोपेली च्याम्पियन्स लिग : रियल र सिटीको लगातार जित
काठमाडौँ । रियल म्याड्रिडले बुधबार साख्तर डोनेस्कमाथि २ – १ को जित हासिल गरेको छ । यो जितसँगै युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले तीन खेलमा शत प्रतिशत जित निकालेको छ । रियलका लागि रोड्रिगो र भिनियस जुनियरले एक९एक गोल गरेका थिए ।
यो नतिजापछि रियल नौ अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा छ । साख्तर चार अंकसहित दोस्रो स्थानमा छ । समूहकै अर्को खेलमा आरबी लाइपगिजले सेल्टिकलाई ३ – १ गोलान्तरले पराजित गर्यो ।
इर्लिङ हाल्यान्डले आफ्नो उच्च लय कायम राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले समूह ‘जी’ मा एफसी कोपेनहेगमलाई ५–० गोलान्तरले हराउँदै लगातार तेस्रो जित हात पार्यो । हाल्यान्डले सिटीका लागि १२ खेलमा १९ गोल गरिसकेका छन् ।
सिटी समूहको शीर्ष स्थानमा छ भने उसलाई बोरुसिया डर्टमुन्डले पछ्याइरहेको छ । डर्टमुन्डले अर्को खेलमा सेभियालाई ४९१ ले पराजित गरेको छ ।
यस्तै समूह ‘ई’ मा आरबी साल्सबर्गले डायनामो जागरेभलाई १–० र चेल्सीले एसी मिलानलाई ३- ० ले हरायो । समूह ‘एच’ मा बेनफिकाले पेरिस सेन्ट जर्मेनलाई १–१ को बराबरीमा रोक्यो भने युभेन्ट्सले मकाबी हाइफालाई ३–१ गोलान्तरले जितेको छ ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

