मध्यदशैंमा झरी पर्दा बाढीपहिरो
जानकारी केन्द्र
२०७९, आश्विन, २०
काठमाडौं । यसवर्षको दशैंमा झरीले जनजीवन प्रभावित भएको छ । अष्टमीदेखि परेको पानी नवमी, दशमी र एकादशीसम्म पर्न छाडेको छैन ।
गएरातिदेखिको अविरल वर्षाले देशभरका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । बागमती नदीको बहाव बढेको छ । नारायणी नदीको बहाव बढेपछि गण्डकी बाँधका २२ वटा ढोका खोलिएको छ ।
देशका विभिन्न स्थानमा पहिरो गएको छ । सत्रकिलोमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । दशैंमा घर जाने र आउनेहरु सडक अवरुद्ध हुँदा रोकिएका छन् ।
पहिरोले पाल्पा गुल्मी सडक समेत अवरुद्ध भएको छ ।
निरन्तरको झरीका कारण देशका अधिकांश स्थानका नदीको बहाव बढेको छ भने पहिरोको खतरा बढेको छ । बाढी सूचनाले चितवन, मकवानपुरलगायतका नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सूचना जारी गरेको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

