रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते
जानकारी केन्द्र
२०७९, आश्विन, २३
काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।
दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए । बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।
बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभे्रपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
