सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौँ । धादिङ, गल्छी गाउँपालिका- ६ चिरौदी पुलस्थित सडकमा बा।१८ च ४९३५ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका- ६ महेशदोभान बस्ने ५२ वर्षीया बिनामाया आचार्यको शनिबार दिउँसो मृत्य भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको अम्बेभरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, बेसीशहर नगरपालिका – १ रिठ्ठेबगरमा ग।१ च ५९३४ नम्बरको बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार सुन्दरबजार नगरपालिका- ३ च्यानपाटा बस्ने ६१ वर्षीय मोती बहादुर मजाकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

