रोनाल्डोको रेकर्ड गोलमा युनाइटेड विजयी
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २(१ गोलले हराएको हो ।
खेलको पाँचौँ मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडका लागि खेल बराबरी गरे । उनी युनाइटेडका लागि पहिलो तीन प्रिमियर लिग खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
त्यसपछि एन्थोनी मार्सियाल घाइते भएपछि रोनाल्डो पहिलो हाफमा मैदानमा प्रवेश गर्ने मौका पाए । मैदान प्रवेश गरेको १५ मिनेटमा नै उनले गोल गर्दै युनाइटेडको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड ८ खेलपछि १५ अंक बटुल्दै लिगको पाँचौ स्थानमा रहेको छ । एभर्टन भने १० अंकसहित लिगको १२ औँ स्थानमा छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
