भेनेजुएलामा पहिरो : २२ जनाको मृत्यु, ५० बेपत्ता
जानकारी केन्द्र
२०७९, आश्विन, २४
काराकस । मध्य भेनेजुएलामा पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारी वर्षापछि नदीको प्रवाह बढ्दा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् । ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।
‘हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भनेका छन्। बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक तथा न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
