भारत उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन
जानकारी केन्द्र
२०७९, आश्विन, २४
काठमाडौँ । भारत उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।
समाजवादी पार्टीका संस्थापक समेत रहेका यादवको हरियाणाको गुरुग्रामस्थित मेदान्त अस्पतालमा निधन भएको हो । एकसाता देखि उक्त अस्पतालमा उपचाररत यादवको आज बिहान निधन भएको समाजवादी पार्टीका नेता अखिलेश यादवले ट्विट गर्दै बताएका छन् ।
अक्टोबर २ मा अक्सिजनको लेवल कम भएपछि आइसीयुमा भर्ना गरिएका यादवलाई युरिनमा इन्फेक्सन तथा उच्च रक्तचापको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
सन् १९८९ मा पहिलोपटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका यादवले तीनपटक उक्त प्रदेशको नेतृत्व गरेका थिए भने सातपटक सांसद बनेका थिए । उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

