नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ । विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन् ।
अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक ठाउँहरुमा राखेर प्रदर्शन गरिनेछ । खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो । ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारीसाधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।
पोखराको अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोकभित्र बजार हुँदै बगर चोक, बागबजार चोक, जिरो किलोमिटर हुँदै हल्लनचोक र बाहारी चोकमा ट्रफी प्रदर्शन गरिनेछ ।
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाइएको राखेपले जनाएको छ ।
ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुन छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
