मलामी गएका १३ जना पहिरोसँगै बगेर बेपत्ता
काठमाडौँ । कालिकोटको तिलगुफा गाउँपालिका ४ मा मलामी गएका १३ जना पहिरोले बगाएर खोलामा बेपत्ता भएका छन् ।
आइतबार सोहि पालिकाको राचुलीमा मलामी गएका मध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता तथा एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँहरु मलामी जानुभाथ्यो । दाहसंस्कार गरिरहेका बेला माथिबाट पहिरो झरेर खोलामा बेपत्ता हुनुभएको छ ।’ प्रवक्ता श्रेष्ठले संसारन्युजसँग भने ।
श्रेष्ठले खोजी कार्यका लागि स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन जुम्लाको टोली घटनास्थलमा पुगेको बताए । श्रेष्ठका अनुसार वर्षाका कारण धेरै ठाउँमा बाटो बन्द भएपछि उद्धारका लागि कठिनाई भएको छ । ‘गाँडीमा जान सकिदैन, पैदल जानुपर्छ । टावर पनि र्छैन फोन पनि गर्न मिलेको छैन ।’ श्रेष्ठले भने ।
सोहि गाउँमा वर्षाका कारण झण्डै १०० घर परिवार जोखिममा रहेको र स्थानीयले स्कुलमा आश्रय लिएर बसेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
