किभमा शृंखलाबद्ध विस्फोट
जानकारी केन्द्र
२०७९, आश्विन, २४
काठमाडौँ । युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन् । लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन् । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् भने अन्य स्थानमा पनि विस्फोट भएका छन् । आक्रमणमा धेरै मानिसको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ ।
रुसले विलय गराएको क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि ती विस्फोट भएका हुन् । क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विस्फोट गराएको रुसले दाबी गर्दै आएको छ । उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री पठाउने मुख्य मार्ग रहेको थियो ।
यसैबीच, क्रिमिया पुलमा भएको विस्फोटबारे छलफल गर्न रुसी सुरक्षा परिषद्को बैठक बस्दै छ । बैठकको अध्यक्षता रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गर्दै छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
