चुनाव प्रचारसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा राखे उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने
जानकारी केन्द्र
२०७९, आश्विन, २५
काठमाडौँ । उम्मेदवारहरूले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसारका सामग्री ९विज्ञापन० राखेमा त्यसमा लागेको खर्च विवरणसमेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ। निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालकोसमेत प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकोले यस्तो खर्चको विवरण राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूलाई आग्रह गरिएको उल्लेख गरेको छ।
दल वा उम्मेदवारले सामाजिक सञ्जाल प्रयोग गरी गरेको प्रचार ९विज्ञापन०लाई निर्वाचन खर्चमा समावेश गर्नुपर्ने भएको हो। सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

