राखेप सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद९राखेप० का सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक हुनु भएको छ । मंगलबार बिहान ताल बाराहीचोकमा सरसफाइमा सरिक हुनु भएको हो । पोखरा महानगरपालिकाले मंगलबारदेखी छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई अभियानलाई अघी बढाएको छ् ।
राखेप सदस्य सचिव घिसिङ्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा ताल सरसफाइ अभियानमा जुट्न पाउनु गर्वको बिषय रहेको बताउनुहुँदै सम्पदाहरुको संरक्षणको लागि सबैको सहभागिता अपरिहार्य रहनुपर्नेमा जोड दिनुभयो ।
ताल सफाइ कार्यक्रममा ३३ वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु,नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको मेयर धनराज आचार्यले बताउनुभयो ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

