चीनमा कोरोना बढेपछि विद्यालय र मनोरन्जन स्थल बन्द
काठमाडौँ । कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरन्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् ।
यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकारीहरूले अक्टोबर १० मा २,०८९ नयाँ स्थानीय संक्रमण रिपोर्ट गरेका छन्, जुन अगस्ट २० यताकै सबैभन्दा धेरै हो ।
भित्री मंगोलियाको उत्तरी क्षेत्रका रमणीय स्थलहरू सहित पर्यटक गन्तव्यहरूमा संक्रमणका केही घटना देखिएका छन् । त्यस्तै पहाडका मुख्य आकर्षक पर्यटकीय क्षेत्रमा पनि संक्रमण बढेका छन् । चीनको वित्तीय राजधानी सांघाईमा सोमबार २८ जनामा स्थानीय संक्रमण देखिएको थियो । बाहिरबाट ती सहरमा जाने यात्रु र होटल जस्ता स्थानमा जाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन् ।
चीनले कोभिडविरुद्ध शून्य नीति लागू गर्ने बताउँदै आएको छ । अक्टोबर १६ मा सुरु हुने कम्युनिष्ट पार्टीको महाधिवेशनभन्दा केही दिन अगाडि कोभिड रोकथामसम्बन्धी उपायलाई सशक्त बनाइएको छ । महाअधिवेशनमा राष्ट्रपति सी जिनपिङले आफ्नो नेतृत्व विस्तार गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
