हुम्ला पहिरोः घाइते चार जनाको तीन दिनपछि उद्धार
जानकारी केन्द्र
२०७९, आश्विन, २६
काठमाडौँ । हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको तीन दिनपछि उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट दुई दिनदेखि उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको थिएन। मौसममा सुधार भएपछि बुधबार बिहान उनीहरुको उद्धार गरिएको हो।
प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले तीन दिनअघि पहिरोमा परी घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको लागि सुर्खेत पठाइएको जानकारी दिए। पहिरोमा घाइते भएका ताँजाकोट गाउँपालिका–५ को मदाना गाउँका सात वर्षका बालक केशव परियार तथा चङ्खेली गाउँपालिका–६ को मासिधारा गाउँका ३८ वर्षका देउच्या सार्की, ३६ वर्षकी अंगती सार्की र तीन वर्षका तपेन्द्र सार्कीको उद्धार गरिएको हो।
मासिधारा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
