होटल क्राउन प्लाजामा जलेर युवतीको मृत्यु
काठमाडौँ । नक्सालस्थित होटल क्राउन प्लाजामा भएको शंकास्पद आगोलागीमा २३ वर्षीया पवी खनालको मृत्यु भएको छ। घटनामा संग्लन भएको आरोपमा २ जना प्रक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रक्राउ गरिएको हो।
उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ। मैनाली भन्छन्, ‘घटना शंकास्पद देखिन्छ। सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन। अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं।’
युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा प्रेटोल छर्किएर आगलागी भएको खुलेको छ।
चावहिल बस्दै आएकी खनाल सोमबार दिउस २ बजेतिर केशव रिजालसँग होटलमा पुगेकी थिइन्। होटलको कोठामा पुगेको आघा घण्टामा नै केही पड्किएको जस्तो आवाज आएको र होटल कर्मचारीले गएर हेर्दा खनालको शरीर जलिरहेको थियो। होटल क्राउन प्लाजाको कर्मचारी दिपक थापाका अनुसार युवायुवती होटल रुममा पुगेको केही समयमा नै घटना घटेको हो।
उनले भने, ‘भित्र के भयो हामीलाई थाहा भएन। आगो लागेपछि युवती आफैं हिंडेर तल आएकी र ट्याक्सीमा चढेर युवकसँगै गएको हामीले देखेका हौं। युवतीको शरीरमा आगो लागेको भएर के भयो भन्ने सोधखोज गर्न पाएनौं।’ उक्त समयमा होटलको डिउटीमा पदम श्रेष्ठ भएको बताउँदै थापाले कर्मचारी श्रेष्ठ पनि प्रहरी हिरासतमा भएकाले घटनाको बारेमा धेरै जानकारी नभएको बताए।
प्रहरीका अनुसार रिजाल र खनाल प्रेमी प्रेमिका भएको र आपसी असमझदारी भएर आवेसमा प्रेटोल छर्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रवक्ता मैनालीले बताए। होटलको इन्ट्रिबुकमा युवतीको नाम पवि खनाल लेखिएको र अन्य जानकारी नभएको होटल कर्मचारी थापाले बताए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
