नोबेल शान्ति पुरस्कार विजेता मलला युसुफजाई पाकिस्तानमा
काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मस्थान पाकिस्तान पुगेकी छन् । तालिबानको असफल हत्या प्रयासको दश वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन् । पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका मानिससँग भेट गर्ने छिन् । यो वर्ष पाकिस्तानमा एक दशकयताकै ठूलो वर्षा भएको छ ।
किशोरी शिक्षा अभियान चलाएको आरोप लगाउँदै पाकिस्तान तालिवान आबद्ध लडाकुहरुले उनीमाथि गोली प्रहार गर्दा मलाला केबल १५ वर्षकी थिइन् । तत्काल उनलाई बेलायत लगेर उपचार गरिएको थियो । त्यसपछि उनले विश्वव्यापी रुपमा बालिका शिक्षाको अभियानमा लागेकी थिइन् । उनी नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सानो उमेरकी व्यक्ति हुन् ।
आक्रमणको १०औँ वार्षिकीको दुई दिनपछि स्वदेश फर्किएकी उनी दक्षिणी सहर कराँचीमा उत्रेकी थिइन् । उनले यस वर्षको अभूतपूर्व वर्षापछिको बाढीबाट प्रभावित मानिसहरूसँग भेट गर्ने भएकी छिन् ।
विनाशकारी बाढीले पाकिस्तानको एक तिहाइलाई भूमी जलमग्न बनेको थियो भने लाखौँ मानिस विस्थापित भएका छन् । बाढीले ४२ अर्ब बराबरको भौतिक क्षति भएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
