बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ
जानकारी केन्द्र
२०७९, आश्विन, २७
काठमाडौँ । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि धारिलो हतियार प्रहार भएको छ। मंगलबार बिहान करिब ५ बजे काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा दुई जना बाउन्सरमाथि धारिलो हतियार र बियरको बोटलले प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
अज्ञात समूहले प्रहार गरी फरार भएको उनले बताए। घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। केही समयअघि पनि क्लब प्लाटिनममै बाउन्सरसँग झडप भएको थियो। त्यतिबेला पक्राउ परेका व्यक्तिहरू नै यसमा संलग्न छन् कि भन्ने प्रहरीको आशंका छ।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर भेरिफाइ समेत गरिरहेको एसपी मैनालीले बताए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
