बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ
जानकारी केन्द्र
२०७९, आश्विन, २७
काठमाडौँ । काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि धारिलो हतियार प्रहार भएको छ। मंगलबार बिहान करिब ५ बजे काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा दुई जना बाउन्सरमाथि धारिलो हतियार र बियरको बोटलले प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
अज्ञात समूहले प्रहार गरी फरार भएको उनले बताए। घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। केही समयअघि पनि क्लब प्लाटिनममै बाउन्सरसँग झडप भएको थियो। त्यतिबेला पक्राउ परेका व्यक्तिहरू नै यसमा संलग्न छन् कि भन्ने प्रहरीको आशंका छ।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर भेरिफाइ समेत गरिरहेको एसपी मैनालीले बताए।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

