डाक्टर सुस्मिता आफ्नै डेरामा मृत फेला
काठमाडौँ । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर मृत फेला पर्नुभएको छ । जनकपुर घर भएर ललितपुरको इमाडोल घर भएकी डा।सुस्मिता पाठक आफ्नै डेरामा मृत भेटिनुभएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
ललितपुर परिसरका डीएसपी मनोजकुमार लामाका अनुसार डा।सुस्मिताको डेराको ढोका बुधबार दिउँसोसम्म पनि नखुलेपछि प्रहरी बोलाइएको थियो ।
प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट गएको प्रहरी टोलीले दिउँसो २ बजे जनप्रतिनिधि र आफन्तको रोहबरमा ढोका खोलिएको थियो । ढोका खोल्दा उहाँ भुइँमा लडेको र मृत अवस्थामा फेला पर्नुभएको थियो ।
अनुसन्धान भइरहेको डीएसपी लामाले बताउनुभयो । डा।सुस्मिलाको मोबाइलमा फेला पारेको भिडियोमा बोहोस हुने औषधि अत्यधिक स्प्रे गरेको देखिएको छ ।सुसाइट नोटसमेत फेला पारेकोले आत्महत्याको शंका गरिएको छ । यसबारेमा अस्पतालमा सम्पर्क गर्दा आत्महत्या भए नभएको प्रष्ट नभएको तर मृत्यु भएको चाहिं साँचो भएको बताइएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
