सुरक्षा फौजको कारबाहीमा पच्चास लडाकु मारिए
काठमाडौँ । सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन् । सोमालियाको आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाका मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन् ।
मध्य सोमालियाको यासुमा गाउँमा सो आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा ती लडाकु मारिएका हुन् ।सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका बताइएको छ । सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो कुराको जानकारी दिए ।
उपप्रमुख युसुफले भने ‘‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकाको ज्यान गएको छ । त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ ।’’ सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्धमा कारबाही जारी राख्ने जनाएको छ ।
सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा यहाँको सेनाले केही महिना यतादेखि अल सेबाबका विरुद्धमा कारबाही थालेको हो ।सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ । सोमालियामा पछिल्ला केही महियना यता यहाँको आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्धमा आक्रमण गरी हत्या गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

