कालीकोट बाढीपहिरोमा परेका दुई जनाको शव फेला, १७ अझै बेपत्ता
काठमाडौँ । बाढीपहिरोमा परेर कालीकोटमा १७ जना अझै बेपत्ता रहेका छन् ।कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका( ७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।
विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए ।
‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ’, उनले भने,’पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ जनाको मात्र शव भेटिएको छ ।’ तिलागुफा नगरपालिका(४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए ।
सम्बन्धित समाचार
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
