न्यूयोर्क बस्ने अजयसँग विवाह गर्दै रिस्ता बस्नेत
जानकारी केन्द्र
२०७९, आश्विन, ३०
काठमाडौँ । नायिका रिस्ता बस्नेतले घरज मगर्ने सुरसार गरेकी छिन्। उनले न्यूयोर्क बस्दै आएका अजय सिंह ठकुरीसँग लगनगाँठो कस्ने भएकी छिन्। पछिल्लो केहि समय यता रिस्ता र अजय प्रेममा थिए । उनीहरुले केहि समयदेखिको आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका हुन्।
पछिल्लो समय भैरहेका फिल्मको प्रिमियर कार्यक्रममा रिस्ता र अजय सँगै देखिदै आएका छन् । प्रिमियर भेटघाटकै क्रममा रिस्ताले चाँडैनै अजयसँग विवाह बन्धन बाँधिन लागेको बताएकी छिन् ।
अमेरिकाको न्युयोर्कमा कार्यरत अजय केहिसमय अघि मात्रै नेपाल आएका हुन् । मिति तय नभएपनि यसै वर्ष विवाहको तयारीमा रहेको रिस्ताले बताएकी छिन् ।
थुप्रै फिल्ममा अभिनय गरेकी रिस्ता उद्योगमा स्थापित हुन भने सकेकी छैनन् । ‘होस्टल’बाट अभिनय यात्रा थालेकी रिस्ता उद्योगमा स्थापित हुने सघर्षमा छिन् ।
सम्बन्धित समाचार
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
